ई–आर्थिक, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आयोजना गरेको ‘महालक्ष्मी लिडर्स समिट–२०७८’ पोखरामा सम्पन्न भएको छ । सम्मेलनमा देशभरिबाट व्यावसायिक लक्ष्य पूरा गरेका बीमा अभिकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
जीवन बीमा व्यवसायमा परम्परागत बीमा व्यवसायभन्दा फरक ढंगले आम जनतामा बीमाको पहुँच कसरी पुर्याउन सकिन्छ भन्ने विषय निक्र्योल गर्न सम्मेलन आयोजना गरिएको कम्पनीले जनाएको छ ।
विकसित मुलुकमा शिक्षा, स्वास्थ्य र वृद्ध अवस्थाको जिम्मेवारी सरकारले लिएको हुन्छ । नेपाल जस्तो देशमा बीमा क्षेत्रले त्यो दायित्व निर्वाह गरिरहेकोले अभिकर्ता पेशामा नेतृत्व कसरी विकास गर्ने, बीमालाई व्यावसायिक रुपमा सञ्चालन गर्न कम्पनी र अभिकर्ताले गर्नुपर्ने कामका विषयमा सहभागीहरुलाई तालिम दिइएको थियो ।

निम्न वर्गमा बीमाको पहुँच वृद्धि गर्न तथा युवा वर्गमा बीमासम्बन्धी जनचेतना वृद्धिको लागि ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रमलाई अझै प्रभावकारी रुपमा गाउँ–गाउँसम्म पुर्याउने सम्मेलनले निर्णय गरेको छ ।
सम्मेलनको पहिलोसत्रमा मोटिभेटर राजाबाबु साह र दोस्रो सत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले अभिकर्ता पेशामा नेतृत्व विकास सम्बन्धमा तालिम दिएका थिए ।