ई-आर्थिक, काठमाडौं । बेलायतमा सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड एमेसको छुरा प्रहार गरी हत्या भएको छ। डेभिडलाई एसेक्सस्थित आफ्नै निर्वाचन क्षेत्रको चर्चमा मतदाताहरूसँगको भेटघाट कार्यक्रममा शुक्रवार छुरी हानी हत्या गरिएको हो ।
छुरा प्रहार गरेको अभियोगमा प्रहरीले एक २५ वर्षीय व्यक्तिलाई रुपमा पक्राउ गरिएको हो । गम्भीर अवस्थामा अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषित गरेको बीबीसीले जनाएको छ।