२०८३ साउन १७ आइतबार

काठमाडौं महानगर भित्रका विद्यालयहरु आइतबारदेखि भौतिक उपस्थितिमै सञ्चालन गर्न सकिने, २७ बुँदे मापदण्ड पूर्ण पालना गर्नुपर्ने

ई आर्थिक    बिहिबार, असोज ७ २०७८
5.2K
Shares
काठमाडौं महानगर भित्रका विद्यालयहरु आइतबारदेखि भौतिक उपस्थितिमै सञ्चालन गर्न सकिने, २७ बुँदे मापदण्ड पूर्ण पालना गर्नुपर्ने

ई–आर्थिक, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरु आइतबारदेखि सञ्चालन गर्न पाइने भएको छ । बुधबार बसेको नगर शिक्षा समितिको बैठकले आइतबारबाट भौतिक उपस्थितिका बीच नै विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।

महानगरका शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीका अनुसार भौतिक रुपमा कक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुले अनिवार्य रुपमा महानगरले तयार पारेको २७ बुँदे मापदण्डको पूर्ण पालना गरेको हुनुपर्ने बताए । यदि अनलाइन कक्षा प्रभावकारी भएको विद्यालयलाई भने अनिवार्य भौतिक कक्षा सञ्चालनको लागि आग्रह नगरिएको उनले बताए ।

भौतिक रुपमा कक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुले अनिवार्य रुपमा पहिले शिक्षक, अभिभावकहरुसँग छलफल गरेर उनीहरु सहमत भएमात्र विद्यालय सञ्चालन गर्नुपर्ने निर्णय भएको सुवेदीको भनाई छ ।

विद्यालयमा भौतिक कक्षा सञ्चालन गर्न चाहने विद्यालयले कक्षा सञ्चालनको कार्यविधि बनाएर महानगरको शिक्षा महाशाखामा पेश गर्न पनि आग्रह गरीएको छ । मापदण्ड पालना भए नभएको बारेमा महानगरले भौतिक कक्षा सञ्चालन गर्ने विद्यालयको अनुगमन गर्ने पनि प्रमुख सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij