२०८३ साउन २१ बिहिबार

नबिल बैंकको आकर्षक दशैं अफर

ई आर्थिक    शुक्रबार, असोज १ २०७८
3.1K
Shares
नबिल बैंकको आकर्षक दशैं अफर

ई–आर्थिक, काठमाडौं । नबिल बैंकले यस वर्ष पनि आकर्षक दशैं अफरको घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आज आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको हो । यस योजना अन्तर्गत १ वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) प्रदान गरिने बैंकले जनाएको छ ।

नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने यस बैंकको उद्देश्य रहेको छ । गत वर्षको अपार सफलता पछि यो अफर ल्याएको बैंकको भनाई छ ।

आफ्नो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ ३७ वर्ष बैंकिङ अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मुल्य अभिवृद्घि गर्न उच्चसेवा वितरणको लागी लक्षित रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij