२०८३ साउन २१ बिहिबार

सेञ्चुरी बैंकको नयाँ बचत खाता ‘सेन्चुरी रेमिट प्रिमियम एकाउन्ट’ सञ्चालनमा

ई आर्थिक    सोमबार, भाद्र २८ २०७८
5.1K
Shares
सेञ्चुरी बैंकको नयाँ बचत खाता ‘सेन्चुरी रेमिट प्रिमियम एकाउन्ट’ सञ्चालनमा

ई–आर्थिक, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेन्चुरी रेमिट प्रिमियम एकाउन्ट’को शुभारम्भ गरेको छ । उक्त बचत खाता रु. १,०००/– न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुतmानी गरिने छ । यस खाता अन्य बचत खातामा भन्दा १ प्रतिशत बढि ब्याज भुतmानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निस्शुल्क उपलब्ध गरिएको छ । उक्त खातामा लकर सेवा, एटीएम र अन्य सुबिधाहरुको पनि व्यवस्था गरिएको छ ।

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता ‘सेन्चुरी रेमिट प्रिमियम एकाउन्ट’ खोल्ने सुबिधा लिन सक्नुहुने बैंकले जानकारी दिएको । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ ।

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij