२०८३ साउन १५ शुक्रबार

किसान लघुवित्तले एफपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

ई आर्थिक    शनिबार, साउन ९ २०७८
4.6K
Shares
किसान लघुवित्तले एफपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

ई–आर्थिक, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । त्यसका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्नका लागि असार २९ गते बोर्डमा निवेदन दिएको हो । उक्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १२५ मा रू. १६ करोड २२ लाख ८२ हजार ४३६ दशमलव २५ बराबरको एफपीओ निष्कासन गर्न बोर्डमा निवेदन बोर्डले जानकारी दिएको छ ।

संस्थाको एफपीओ विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको चुक्तापूँजी रू. ३९ करोड २८ लाख ८ हजार रहेको छ । एफपीओ निष्कासन गरेपछि उक्त पूँजी रू. ५२ करोड २६ लाख पुग्ने भएको छ ।

सो वित्तीय संस्थाले सूचीकृत नभएका कम्पनीले गाभे पश्चात शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्न लागेको जानकारी दिएको छ ।

उक्त वित्तीय संस्थाले निष्कासन गर्ने एफपीओलाई केयर रेटिङ नेपालले बीबी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औषतमा मध्यम जोखिम रहेको संकेत गर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij