२०८३ साउन २२ शुक्रबार

ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारीबीच सम्झौता, कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने मद्दत पुग्ने

ई आर्थिक    बिहिबार, साउन ७ २०७८
6.9K
Shares
ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारीबीच सम्झौता, कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने मद्दत पुग्ने

ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेड बीच एक संझौता सम्पन्न भएको छ । कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने प्रयोजनार्थ सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

ग्लोबल आइएमई बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अर्गानिक नेपाल सहकारी संस्थाका अध्यक्ष केशव लाल श्रेष्ठबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकीकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत अर्गानिक नेपाल सहकारीको सिफारिसमा सहकारीका शेयर सदस्य, उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई कर्जा उपलब्ध गराउने संझौतामा उल्लेख छ ।

कर्जा लिने साना किसानहरुलाई सहकारीले आवश्यक तालिमको पनि व्यवस्था गरिदिने पनि संझौतामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij