२०८३ साउन २२ शुक्रबार

सामाजिक सुरक्षा कोष विरुद्ध कावासोतीका बैंक वित्तीय संस्थाको विरोध प्रदर्शन

ई आर्थिक    शनिबार, असार २६ २०७८
10.6K
Shares
सामाजिक सुरक्षा कोष विरुद्ध कावासोतीका बैंक वित्तीय संस्थाको विरोध प्रदर्शन

ई–आर्थिक, काठमाडौं । सामाजिक सुरक्षा कोष ऐनमा समाविष्ट विभिन्न बुँदाहरूप्रति असहमति तथा विरोध जनाउँदै कावासोतीस्थित विभिन्न बैंक तथा वित्तिय संस्थाहले विरोध प्रदर्शन गरेका छन् ।

बैंक तथा वित्तिय संस्थाहरुले सामाजिक सुरक्षा कोषमा आवद्घ हुन नसक्ने विविध बुँदाहरु सहितको ब्यानर प्रदर्शन गरी संयुक्त रुपमा विरोध गरेका हुन् ।

उक्त कार्यक्रममा नवलपुर बैंकर्स एसोसिएसनका अध्यक्ष कुमार वास्तोलाले सरकारले जवर्जस्ती लागू गर्न लागेको सामाजिक सुरक्षा कोष कार्यक्रमले बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु असुरक्षित हुने भएकाले यस कोषको विरोधमा उत्रिएको बताए ।

सामाजिक सुरक्षा कोष ऐन तथा यसका कार्यविधिका बुँदाहरुनै एक आपसमा बाझिएकाले कर्मचारीले कर तिरेर दुःखले जम्मा गरेको आर्जन भोलीका दिनमा असुरक्षित हुने तथा खाई पाई आएको सुविधा समेत गुम्ने देखिएकोले सो विरोध गर्नुपरेको उनको भनाई थियो ।

विरोध कार्यक्रममा कावासोती स्थित विभिन्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij