नुमनाथ पाैडेल
१. जीवित श्रमिकको निबृत्तिभरण योगदान पच हुने
क) कोषले ७.५% वा जातिसुकै प्रतिफल प्रदान गरेपनी अवकाश पश्चात जम्मा भएको निबृत्तिभरण योगदानको बार्षिक ७.५% ब्याज बराबर निबृत्तिभरण पाउने, साँवा पच हुने !
ख) योगदानकर्ताको ६० बर्ष नपुग्दै रोजगारी समाप्ति वा अन्य कारणले १५ बर्ष लगातार योगदान गर्न सक्ने हैसियत समाप्ति भएमा योगदान रकम पच हुने (२२-१ र २)
२.मृतक श्रमिकको निबृत्तिभरण र योगदान दुबै रकम पच हुने अवस्था
क) आश्रित पति-पत्नीको बैकल्पिक रोजगारी रहेको/ बिबाह भएको /स्वयं निबृत्तिभरण प्राप्त गर्ने अवस्था रहेको (१५-२)
ख) १८+को सक्षम सन्तति बाहेक आश्रित व्यक्ति नरहेको (१६-१/३),
ग) आश्रित बुबा/आमाको बैकल्पिक रोजगारी रहेको वा बैकल्पिक सुबिधाको स्रोत रहेको (१७-२)
घ) योगदानकर्ताको सुबिधा प्राप्त गर्ने उमेर पुगेपछि मृत्यु भएमा (२१ ख को भावार्थ) परिभाषा (२-ञ) अनुसारको आश्रित नाति, नतिनी वा सासु ससुरा वा २-ञ बाहेकका हकवाला हुँदा हुंदै योगदान रकम पच हुने (१४-घ/१८)
माथिको अवस्थाहरुमा २०७८ श्रावण पछि योगदान प्रारम्भ गरेको निबृत्तिभरणको रकम र त्यसको प्रतिफल पच हुने ।
३. प्रतिफल र खाई पाई आएको पच हुने
प्रतिफल दर तोक्न सकेको छैन। श्रम ऐनको “खाई पाई आएको सेवा सुबिधा घटाउन पाइने छैन” भन्ने ब्यबस्था त्यों पच हुने कारणले पालना नहुने।
४. पच नहुने बनाउन अल्प काल मृत्यु अर्थात आत्म हत्या प्रेरित गर्ने
अल्पकाल मैं मृत्यु भएको अवस्था साथै दम्पति र जन्मदाता जीवित अनि बेरोजगार रहेको अवस्थामा मात्र योगदान भन्दा बढ़ी पाउने
तर अवकाशको उमेर सम्म पुरै अवधि योगदान गर्दा झन् कम पाउने हुनाले अल्प काल मृत्युको दर बृद्धि हुने संभावना रहेको ।
(नुमनाथ पाैडेल फस्ट माईक्रो फाईनान्स वित्तीय संस्था लिमिटेडका सीइओ हुन ।)