ई–आर्थिक, काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्मा न्यौपानेको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमणपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका न्यौपाने शर्माको उपचारको क्रममा गएराति निधन भएको हो ।
कोरोनासँगै निमोनियाँले सताएपछि उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
२०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा निर्वाचित न्यौपाने अत्यन्तै सरल स्वभावका नेताको रुपमा परिचि थिए । हाल उनी एमाले कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेका थिए ।