२०८३ साउन ९ शनिबार

कपिलवस्तुमा माओवादी केन्द्रका नेता पाण्डेलाई गोली हान्ने सात जना प्रहरीको नियन्त्रणमा

ई आर्थिक    बिहिबार, जेष्ठ ६ २०७८
8.5K
Shares
कपिलवस्तुमा माओवादी केन्द्रका नेता पाण्डेलाई गोली हान्ने सात जना प्रहरीको नियन्त्रणमा

ई–आर्थिक, काठमाडौं । माओवादीका जिल्ला कमिटी सदस्य दीपक पाण्डेलगायतलाई गोली हानेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।

कपिलवस्तु नगरपालिका–३ सडवास्थित सडकमा अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट कपिलवस्तु नगरपालिका १ बस्ने ३४ वर्षीय पाण्डे र भारत सिदार्थनगर ग्राम चेतरी बजार बस्ने २६ वर्षीय इयाज अख्तर मुसलमान बुधबार राति गोली हानेको आरोपमा सात जनालाई नियन्त्रणमा लिएको हो । कपिलवस्तु नगरपालिका १ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउ सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

लु. ९ प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैया खोलाबाट तौलिहवातर्फ आउँदै गरेका उनीहरुलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुले गोली प्रहार गर्दा घाइते भएका थिए ।

पाण्डेलाई भैरहवा मेडिकल कलेजमा उपचार गराइराखेको छ । प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज पाण्डेले पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको बताए । घटनास्थलबाट १ थान खोका, १ राउण्ड लाईभ बुलेट र १ थान चप्पल प्रहरीले बरामद गरेको छ । पाण्डे क्रसर तथा नदीजन्य निर्माण सामाग्री व्यवसायी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij