ई–आर्थिक, काठमाडौं : निम्बसले कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न राहत लिएर आएको छ । हालको परिस्थिति नेपाल सहित संसार भरि नै अत्यन्त नाजुक रहेको हुनाले तुरुन्तै यसको हलका निम्ति काम गर्नु आवश्यक रहेको ठानी कम्पनीले फेरि राहत लिएर आएको हो ।
विगतमा राष्ट्रलाई आवश्यक परेको बेलामा पनि निम्बस अघि बढेको थियो । यो आवश्यकता अहिले झनै महत्वपूर्ण भएको कम्पनीले ठानेको छ ।
अहिलेको कठिन समयमा सानो सहयोगले पनि ठूलो महत्व राख्न र कोभिड–१९ ले लिएर आएको सङ्कटलाई सामना गर्न मद्दत गर्ने विश्वास लिएको छ । हामी सबैको सुरक्षाका निम्ति यस महामारी विरुद्ध लड्ने संगठन, स्वयंसेवक, र अग्रपंक्तिमा रहेर सेवा दिनेहरु सबैलाई निम्बसले प्रो–टेक्टको मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने भएको छ ।
सबैभन्दा आवश्यक रहेको ठाउँहरू अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर यस कम्पनीले प्रो–टेक्टको मास्क र स्यानिटाइजर बाँड्ने तयारी गरेको छ । यी मास्क र स्यानिटाइजर कम्पनीले आफ्नो अनलाइन सेवा www.nimbusbazar.com मार्फत सम्बन्धित स्थानमा पु¥याउने कम्पनीको भनाई छ ।
निम्बसले अहिले नै शहीद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ, र अपठ्यारोमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकहरुद्वारा संचालित संगठन, हर्टविटलाई मास्क वितरण गरिसकेको छ ।
निम्बसका प्रबन्ध निर्देशक, आनन्द बगरियाले भने ‘हाम्रो सुरक्षाका निम्ति यस महामारी विरुद्ध लड्ने सबै प्रति हामी भित्रै देखि कृतज्ञ छौँ । विश्वले भोगिहेको यो कठिन चुनौतीलाइ हराउन हामी सबैले ऐक्यबद्धता देखाएपछि मात्र सम्भव हुन्छ । यसका निम्ति हामी विभिन्न संगठनहरु र सरकारसँग सहकार्य गरेर सहयोगबाट वञ्चितहरुलाई सहायता गर्न चाहन्छौँ ।’
प्रो–टेक्ट निम्बसको स्वास्थ र सरसफाई ब्राण्ड हो जसले उच्च गुणस्तरको एन्टि–माइक्रोबाइल केएन ९५ मास्क, थ्रीप्लाई मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६ प्रतिशत इथानोल रहेको स्यानिटाइजर उत्पादन गर्दछ ।
आफूलाई आवश्यक परेको संख्या उल्लेख गरेर संगठन र स्वयंसेवकहरुले प्रोटे–टेक्ट मास्क र स्यानिटाइजरका लागि निवेदन दिनका लागि www.nimbusbazar.com मा गएर डुनोट प्रो–टेक्ट बटन थिच्न सक्नुहुने अथवा ९७७–९८२८०९१६९१ मा सम्पर्क गर्न सक्नुहुने कम्पनीले जानकारी दिएको छ ।