२०८३ साउन ९ शनिबार

गोर्खा ब्रुअरी लगायतले २० करोड बढीको स्वास्थ्य सामाग्री सहयोग गर्ने

ई आर्थिक    बुधबार, जेष्ठ ५ २०७८
7.3K
Shares
गोर्खा ब्रुअरी लगायतले २० करोड बढीको स्वास्थ्य सामाग्री सहयोग गर्ने

ई–आर्थिक, काठमाडौं । तामासेक फाउण्डेसन सिंगापुर, लोटस लाइफ फाउण्डेसन सिंगापुर तथा गोर्खा बु्रअरीको संयक्त सहयोगमा कोभिड उपचारको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई २० करोडभन्दा बढी रकमको स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ ।

सिंगापरस्थित तामासेक फाउण्डेसन, लोटस लाइफ फाउण्डेसन तथा गोर्खा व्रअरी प्रालिको संयुक्त सहकार्यमा कोभिड संक्रमण टेस्ट गर्ने तथा कोभिड बिरामीकोउपचार गर्न तत्काल प्रयोगमा आउने स्वास्थ्य सामाग्री सहयोग गर्न लागेको हो । २० करोड बराबरको स्वास्थ्य सामाग्रीमा भेन्टिलेटर, पीप्याप मेशिन, पुल्स अक्सिमिटर, फोर्टिच्यूड किट्स, स्वाब लगायत रहेका छन् ।

उक्त विभिन्न स्वास्थ्य सामग्रीहरु नेपाल सरकार स्वास्थ्य मन्त्रालय मार्फत सहयोग हुने विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij