२०८३ साउन ९ शनिबार

प्यालेस्टाइनी बिद्रोहीको निशानामा तेल अविव, मिसाइल आक्रमणबाट १३ तले भवन ध्वस्त

ई आर्थिक    बुधबार, बैशाख २९ २०७८
5.9K
Shares
प्यालेस्टाइनी बिद्रोहीको निशानामा तेल अविव, मिसाइल आक्रमणबाट १३ तले भवन ध्वस्त

ई–आर्थिक, काठमाडौं । प्यालेस्टाइनी बिद्रोहीले मिसाइल आक्रमण गर्दा इजरायली शहर तेल अविवमा रहेको सुविधा सम्पन्न १३ तले भवन ध्वस्त भएको छ । तेल अविवमा १३० वटा मिसाइल प्रहार गरेको प्यालेस्टाइनी बिद्रोहीले बताएका छन् ।

गाजापट्टीमा रहेको १३ तले भवनमा इजरायलले गरेको हवाई आक्रमणका कारण ध्वस्त भएको छ । त्यहाँका बासिन्दालाई बाहिर निस्कन भनेको डेढ घण्टा भित्रै हावाई आक्रमण भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
रकेट आक्रमणको जवाफमा गाजामा रहेका बिद्रोहीलाई निशाना बनाएको इजरायली सेनाले बताएको छ ।

पछिल्लो पटक भएका हिंसामा कम्तीमा ३१ जनाको ज्यान गएको छ । इजलायल तर्फ तीन तथा प्यालेस्टाइन तर्फ कम्तीमा २८ जनाको ज्यान गएको छ ।

अन्तर्राष्ट्रिय समुदायले तनाव कम गरि हिंसा अन्त्यका लागि अपील गरेका छन् ।

जेरुशेलाममा भएको हिंसाको घटनापछि त्यसले बिस्तारित रुप लिएको छ । बिद्रोहीहरुले जेरुशेलमसहितका क्षेत्रमा सयौँ रकेटहरु यसअघि नै प्रहार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij