२०८३ साउन ११ सोमबार

बैंक वित्तीय संस्था तथा सहकारीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंको अर्को आदेश (पूर्ण पाठ सहित)

ई आर्थिक    बुधबार, बैशाख १५ २०७८
4.4K
Shares
बैंक वित्तीय संस्था तथा सहकारीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंको अर्को आदेश (पूर्ण पाठ सहित)

ई–आर्थिक, काठमाडौं । बैंक वित्तीय संस्था तथा सहकारीको लागि जिल्ला प्रशासन कार्यालय काठमाठौंले अर्को पनि आदेश जारी गरेको छ । कोरोना भाइरस संक्रमण फैलन नदिन बिहीबारदेखि एक हप्ता निषेधाज्ञा घोषणा गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले ती संस्थालगायत अन्य विषयमा थप आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बैंक तथा वित्तीय संस्था कर्मचारीको आवतजावत, विवाह/व्रतबन्धमा सहभागी लगायत बुँदा थप र परिमार्जनसहित अर्को आदेश जारी गरेका हुन् । त्यस्तै मृत्यु संस्कार र बिरामी कुरुवाका लागि पनि परिमार्जन सहितको अर्को आदेश दिएको छ ।

आदेशमा मृत्यु संस्कार र बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्ला जानुपर्दा व्यहोरा खुल्ने कागजातसहित र विवाह/व्रतबन्धमा सहभागी भई अन्यत्र जिल्लाबाट फर्कनु पर्ने भएमा चालकसहित बढीमा सात जनासम्मको लागि स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासको लागि निवेदन पेस गर्नु पर्ने छ ।

त्यस्तै बैंक तथा तथा वित्तीय संस्था, विमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरु सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न दिने आदेशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij