२०८३ साउन ९ शनिबार

मनी ट्रान्सफर लुटपाट गर्ने चार जना पक्राउ

ई आर्थिक    बिहिबार, चैत्र १९ २०७७
11.2K
Shares
मनी ट्रान्सफर लुटपाट गर्ने चार जना पक्राउ

ई–आर्थिक, काठमाडौं । काठमाडौँको खिचापोखरीस्थित एक मनी ट्रान्सफरलाई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय प्रवेश राजभण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामक कम्पनीले सञ्चालन गरेको मनी ट्रान्सफर लुटपाट गर्ने चार जनालाई प्रहरीले प्रक्राउ गरेकोे हो । उनीहरुले सो ट्राभल्सले सञ्चालन गरेको मनी ट्रान्सफरबाट ६ लाख लुटपाट गरेका थिए ।

प्रहरीले दाङको तुलसीपुर घर भई हाल काठमाडौँको पुरानो बानेश्वर बस्ने १७ वर्षीय दिपुन श्रेष्ठ, रुकुम सानीभेरी घर भइ काठमाडौँ बस्ने तिलक रावत, कालीकोट घर भई ललितपुर बालकुमारी बस्ने २० वर्षीय नवीन केसी र सोही ठाउँका उमेश केसीलाई पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीमा बुधबार साँझ ५ बजे अपरिचित व्यक्तिले धारिलो हतियार देखाई कर्मचारी दीपक मल्ललाई बाँधी उनीहरुले ६ लाख बराबरको नगद लुटपाट गरी भागेको भन्ने जानकारीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र बृत्त जनसेवाबाट टोली परिचालन गरी लुटपाटमा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा गए राति १० बजे पक्राउ गर्न प्रहरी सफल भएको थियो ।

अभियुक्तबाट रु ५९ हजार नगद र उनीहरुकै सूचनाका आधारमा आज बिहान काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने मञ्जु पुटुवारलाई राख्न दिइएको अवस्थामा नगद रु ७५ हजारसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले लुटेको रकममध्येबाट लत्ताकपडा, जुत्ता, झोला खरिद गरी रेष्टुरेन्टमा खर्च गरेको बताइएको छ ।

अभियुक्तहरु लागुऔषध सेवनकर्ता रहेको र उनीहरुको साथमा लागुऔषध प्रयोगमा संलग्न अन्य तीन व्यक्तिसमेत पक्राउ परेका छन् । थप पक्राउ पर्नेमा रोल्पा लिवाङ घर भई धापासी बस्ने प्रशन्न हमाल ठकुरी, सोही ठाउँका सफल आचार्य र रुपन्देहीका मिलन ढकाल रहेका छन् । पक्राउ परेकालाई आवश्यक कानूनी कारवाही शुरु भएको र उनीहरुको साथबाट गाँजालगायत अन्य लागुऔषधसमेत बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij