२०८३ साउन ९ शनिबार

वीरगञ्ज चेम्बर अफ कमर्स गठन, संयोजकमा मनोज उपाध्याय

ई आर्थिक    आइतबार, चैत्र १ २०७७
3.8K
Shares
वीरगञ्ज चेम्बर अफ कमर्स गठन, संयोजकमा मनोज उपाध्याय

ई–आर्थिक, काठमाडौं । वीरगञ्जमा चेम्बर अफ कमर्सको तदर्थ समिति गठन गरिएको छ । मनोज उपाध्यायको संयोजकत्वमा वीरगञ्ज चेम्बर अफ कमर्स, पर्साको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिका सदस्यहरूमा मुकेश अग्रवाल, विकास अग्रवाल, रविकुमार, विशाल कर्नानी, पारश अग्रवाल, शम्भु अग्रवाल, विशाल पटवारी, अमित मस्कारा रहनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले व्यावसायिक हकहीत तथा आर्थिक समृद्धिका लागि एकजुट भएर लाग्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो । नेपाल चेम्बर अफ कमर्सले ७० औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भमा मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको उहाँले बताउनुभयो । ‘सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली महाअभियानको हामी सारथी हौं’, अध्यक्ष श्रेष्ठले भन्नुभयो–, ‘यो यात्रामा हातेमालो गर्दै अघि बढ्न चाहान्छौं ।’

यसैबीच नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले हरिवन चेम्बर अफ कमर्स, सर्लाहीको भवन शिलान्यास गर्नुभएको छ । श्रेष्ठले चार आना जग्गामा बन्न लागेको हरिवन चेम्बरको भवन शिलान्यास गर्नुभएको हो । हरिवन चेम्बरका महासचिव टिआर लुइँटेलले चन्दा संकलन लगायतबाट भवन निर्माण सम्पन्न गरिने बताउनुभयो । हरिवन चेम्बरले प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरी पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । हरिवन चेम्बरले ३६ सदस्यीय कार्यसमिति चयन गरेको छ । हाल यसमा २८४ जना सदस्य छन् ।

यस्तै महोत्तरी चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अध्यक्ष श्रेष्ठले प्रमाण्पत्र वितरण गर्नुभयो । बर्दिवासमा आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उहाँले प्रमाणपत्र वितरण गर्नुभएको हो ।

यसैबीच, नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा बारामा व्यवसायीहरूबीच परिचयात्मक भेटघाट भएको छ । बारामा चेम्बरको जिल्ला कमिटी र तीनवटा स्थानीय तहमा कमिटीहरू गठन भएका छन् ।

मकवानपुर चेम्बर अफ कमर्सले पनि शुक्रबार स्थानीय व्यवसायीहरूसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij