२०८३ साउन ११ सोमबार

ग्लोबल आइएमई बैंकको ऋणपत्र आजदेखि निष्काशन

ई आर्थिक    आइतबार, चैत्र १ २०७७
6.3K
Shares
ग्लोबल आइएमई बैंकको ऋणपत्र आजदेखि निष्काशन

ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले १० वर्ष अवधिको लागि ‘८ दशमलव ५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ निष्कासन गरेको हो ।

बैंकले प्रतिऋणपत्र रू. १ हजार अंकित मूल्यका रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको जानकारी दिएको छ ।

कुल ऋणपत्रमध्ये १८ लाख कित्ता कम्पनीले परिपत्र विधिबाट विभिन्न संघ संस्थाहरुलाई व्यक्तिगत तवरले विक्री गर्नेछ भने १२ लाख कित्ता ऋणपत्र भने आम सर्वसाधारणका लागि विक्री गर्ने बैंकको भनाई छ ।

बैंकले सर्वसाधारणमध्ये बाट पनि ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी ११ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

यस ऋणपत्रलाई इक्रा नेपालले न्युन कर्जा जोखिमको संकेत गर्ने इक्रा इस्युअर ए माइनस रेटिङ प्रदान गरेको छ ।

यो ऋणपत्र विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ऋणपत्र खरीद गर्न चाहनेहरुले आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले यो ऋणपत्र निष्कासनका लागि फागुन १६ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । आइतवार आजदेखि निष्काशन भएको बैंकले ऋणपत्र छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्म विक्री खुला रहने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij