२०८३ साउन ९ शनिबार

सिभिल बैंकको एटीएमबाट रकम निकाल्न एटीएम कार्ड नै नचाहिने

ई आर्थिक    शुक्रबार, फाल्गुन २१ २०७७
16.4K
Shares
सिभिल बैंकको एटीएमबाट रकम निकाल्न एटीएम कार्ड नै नचाहिने

ई–आर्थिक, काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले एटीएम कार्डको प्रयोग विना नै एटीएमबाट रकम निकाल्न सक्ने प्रविधि ल्याएको छ । जसको उपभोग गर्न सिभिल बैंकका ग्राहकहरुले सिभिल बैंकको मोवाईल बैकिङ्ग एप्लिकेशन ‘सिभिल स्मार्ट’ प्रयोग गरेर सिभिल बैंकको कुनैपनि एटीएम मार्फत एटीएम कार्डको प्रयोगै नगरी सजिलै रकम निकाल्न सक्नेछन् ।

यस सेवाको प्रयोग गर्न ग्राहकहरुले सिभिल बैंकको मोवाईल बैकिङ्ग एप्लिकेशन ‘सिभिल स्मार्ट’मा भएको ‘कार्डलेस क्याश’ अपशनमा गई आफुले इच्छाएको रकम प्रविष्ट गरी सम्पूर्ण विवरणहरु दुरुष्ट गरी आफ्नो मोवाईल बैकिङ्ग एप्लिकेशनको पिनकोड हाल्नुपर्ने हुन्छ जस पश्चात एकपल्ट मात्र प्रयोग गर्न मात्र मिल्ने ओ.टी.पी. पासकोड प्राप्त हुनेछ । यस पासकोडको सहित अन्य विवरणहरु प्रविष्ट गरे पश्चात एटीएमबाट पूर्व निर्धारित निश्चित रकम झिक्न सकिनेछ । ग्राहकहरुले यस सुविधाको उपयोग एटियम कार्ड हराएको अवस्थामा वा अरु कसैलाई रकम भुक्तानी गर्नुपरेको अवस्थामा समेत गर्न सक्नेछन् ।

यो सेवाले धेरैलाई उत्साहित गर्न सक्नेछ किनभने यस सेवाको प्रयोग गरी अब ग्राहकहरुले एटीएम कार्ड बोक्नैपर्ने, एटीएम कार्ड हराउने डर आदी झन्झटहरुबाट मुक्त हुन पाउनेछन् र एटीएम कार्ड हराउँदा/विर्सिदा वा कसैलाई नगदै भुक्तानी दिनुपर्ने लगायतका अवस्था तथा समस्याहरुको समाधान ‘सिभिल बैंक कार्डलेस क्याश’ले दिनेछ भन्ने कुरा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

करीब साढे पाँच लाख ग्राहकहरुलाई ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटियम मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७८ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रु. ७२ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij