२०८३ साउन ९ शनिबार

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर पुर्वाञ्चल क्यान्सर अस्पतालमा

ई आर्थिक    बिहिबार, फाल्गुन २० २०७७
5.3K
Shares
प्रभु बैंकको एक्स्टेन्सन काउण्टर पुर्वाञ्चल क्यान्सर अस्पतालमा

ई–आर्थिक, काठमाडौं । झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ०६ स्थित पुर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंक लिमिटेडले आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । पुर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहका विच प्रभु बैंकको पुर्वाञ्चल क्यान्सर अस्पताल एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका थिए ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले विर्तामोड नगरपालिकाको पुर्वाञ्चल क्यान्सर अस्पतालमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको जनाएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित पुर्वाञ्चल क्यान्सर अस्पतालमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पु¥याउने प्रण गर्दछ ।

प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij