२०८३ साउन ९ शनिबार

दुम्कौलीमा भएको ट्रक दुर्घटनामा दुबै ट्रकका चालकको मृत्यु, घाईते दुईको अवस्था पनि दयनीय

ई आर्थिक    मंगलबार, फाल्गुन १८ २०७७
4.1K
Shares
दुम्कौलीमा भएको ट्रक दुर्घटनामा दुबै ट्रकका चालकको मृत्यु, घाईते दुईको अवस्था पनि दयनीय

ई–आर्थिक, काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा सोमबार राति दुईवटा ट्रक ठोक्किँदा विभत्स दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

त्यसैगरी दुर्घटनामा दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको हो ।

दुर्घटनामा परी ना६ख ३०११ नं को ट्रक चालक पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना ७ ख ७०२३ नं को ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटनामा परेर ट्रकका सहचालकसमेत घाइते भएका छन् । ट्रकका सहचालक तनहुँ बन्दीपुर गाउँपालिका–३ बस्ने १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका–६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन् ।

घाइते दुवैको अवस्था गम्भीर रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij