ई–आर्थिक, काठमाडौं । राउत क्षेत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष ई. भगवान बहादुर राउतको अध्यक्षता तथा पूर्ब सांसद बिष्णुबहादुर राउतको प्रमूख आतिथ्यमा सभा सम्पन्न भएको थियो ।
कार्यक्रममा पूर्व सांसद भेष कुमारी राउत (कोपिला), नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष तथा उद्योगपति राजेन्द्र राउत, सस्थापक अध्यक्ष ईन्जिनियर मीनबहादुर राउत, समाजका पूर्व का.वा.अध्यक्ष कालिदासबहादुर राउत, पूर्वमहासचिव मीनबहादुर राउत, समाजको भवन निर्माण गर्ने जग्गादाता हरि बहादुर राउत, कर्णेल विनोद राउत, समाजसेवी तथा राजनीतिज्ञ ईश्वर मणि राउत, समाजसेवी तथा व्यवसायी नरेन्द्र राउत (कमल), व्यवसायी तथा समाजसेवी दीपक राउत, समाजसेवी बिष्णु राउत, (गोपाल), समाजसेवी कमल राउत, संस्थापक उपाध्यक्ष सर्जु राउत, इन्जिनियर ओम राउत, प्रध्यापक राजेन्द्र राउत, लोक गायक बद्री राउतलगायत देशभरका विशिष्ट राउत बन्धुहरुको उपस्थिति रहेको थियो ।

काठमाडौको नयाँ बानेश्वरमा रहेको काठमाडौ ब्याङ्केटमा भएको उक्त सभामा देशभरबाट करिब ६ सय राउतहरुको उपस्थिति रहेको थियो । सभामा मन्तव्य राख्दै प्रमुख अथिति पूर्वसांसद बिष्णुबहादुर राउतले समाजले राउत बंशको उत्थान भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
पूर्वसांसद भेषकुमारी राउत ‘कोपिल’ले समाजको उत्तरोत्तर प्रगतिका कामना गर्नुभएको थियो । समाज र बन्धुहरुको हितमा काम गर्नेहरु अवको नेतृत्वमा जानुपर्ने भन्दै उहाँले नयाँ कार्यसमितिलाई शुभकामना दिनुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का उपाध्यक्ष राजेन्द्र राउतले केन्द्रीय कार्यालय भवन निर्माणको लागि जग्गादाता हरिबहादुर राउतको प्रशंसा गर्दै धन्यवाद समेत दिनुभएको थियो । आफूले पनि केन्द्रीय कार्यालय भवन निर्माण गर्न ५ लाख रुपैयाँ सहयोग गरेको भन्दै आवश्यक परेमा अन्य सहयोग समेत गर्न तयार रहेको बताउनुभयो ।
जग्गादाता हरिबहादुर राउतले मन्दिर निर्माण गर्न थप २०X३० फिट जग्गा उपलब्ध गराउने घोषणा गर्नुभयो । आमाको नामको जग्गा आफूहरुले दिएको बताउँदै उहाँले अहिले जग्गामा भवन तयार भएपनि आमाले हेर्न नपाएकोमा भन्दै भावुक हुनुभयो ।

सभामा ईश्वरमणी राउत, नरेन्द्र राउत (कमल), रामेश्वर राउत ‘मातृदास’ सर्जु राउत, विनोद राउतलगायतले मन्तव्य राख्नुभएको थियो ।
सभामा महासचिव गोविन्द राउतले पेश गर्नुभएको कार्यप्रगतिको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष श्याम राउतले पेश गर्नुभएको आर्थिक प्रतिवेदन सभाले पारित गरेको थियो । सभामा समाजका सह–अध्यक्ष अभिमन्यू राउतले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन उपाध्यक्ष नेत्र राउतले गर्नुभएको थियो ।

नयाँ कार्यसमिति चयन
यसैबीच समाजको १३औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले ईन्जिनियर भगवानबहादुर राउतलाई पुनः अध्यक्षमा चयन गरेको छ । भगवानबहादुर राउतसँगै अध्यक्षमा उम्मेद्वारी दिनुभएको कृष्ण राउत (खोटाङ), आनन्दकुमार राउत (सिराहा)ले आफ्ना उम्मेद्वारी फिर्ता लिएपछि ईन्जिनियर भगवान राउत निर्विरोध निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी सह–अध्यक्ष दुई पदका लागि ३ जनाको उम्मेद्वार परेको थियो । पूर्वउपाध्यक्ष एबम व्यवसायी नकुल राउतले आफ्ना प्रत्यासी उम्मेद्वार दिनुभएका उद्योगी अस्मिन राउत र संस्थापक सदस्य हरि कृष्ण राउतलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएपछि सह–अध्यक्ष पदमा पनि निर्विरोध भएको थियो ।

त्यस्तै उपाध्यक्षहरुमा पूर्ब महासचिवद्वय मेघबहादुर राउत, गोविन्द राउत र निवर्तमान केन्द्रीय सदस्य भिमबहादुर राउत निर्वाचित हुनुभएको छ । त्यसैगरी निवर्तमान कोषाध्यक्ष श्याम राउत महासचिव पदमा चयन हुनु भएको छ ।
सभाले समाजसेवी शिशुपाल राउतलाई सचिव पदमा, सञ्चारकर्मी धनबहादुर राउत (रोशन) लाई सह–सचिवमा, निवर्तमान केन्द्रीय सदस्य इराजकुमार राउतलाई कोषाध्यक्षमा, राउत क्षत्री सेवा समाज काठमाडौ जिल्ला उपाध्यक्ष प्रधुम्न राउतलाई स–कोषाध्यक्ष पदमा चयन गरेको छ ।
त्यस्तै सभाले सदस्यहरुमा भने राजु राउत, लोकेन्द्रबहादुर राउत (आर.सी.), सुजन राउत, कविता राउत, विजय राउत, मोहनबहादुर राउत, विशाल राउत, बसन्त राउत, देवेन्द्रबहादुर राउत, बिनोदकुमार राउत, इन्द्रबहादुर राउत र रामबहादुर राउतलाई चयन गरेको छ ।

अधिवक्ता हरिबहादुर राउतको संयोजकतामा कानुन व्यवसायी तथा साहित्यकार रामेश्वर राउत ( मातृदास) सदस्य, अधिवक्ता भरत राउत रहेको ३ सदस्यीय निर्वाचन मण्डलले उक्त नयाँ कार्यसमिति चयनको घोषणा गरेको थियो ।
सर्वसम्मत गराउन समाजसेवी ईश्वरमणि राउत, युवा नेता नरेन्द्र राउत, व्यवसायी दिपक राउतलगायतको प्रयास पछि सर्वसम्मत कार्यसमिति चयन भएको थियो ।
नयाँ कार्यसमितिका तर्फबाट समाजका नवनिर्वाचित अध्यक्ष भगवानबहादुर राउतले भवन निर्माण सम्पन्नसँगै कुलायन मन्दिरको निर्माण कार्य चाँडै थालनी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले देशभरका राउत दाजुभाई, आमा, दिदी बहिनीहरुलाई एकताबद्ध गर्दै आगामी दिनमा सबैको हित हुने र समाजको प्रतिष्ठालाई उचाईमा पु¥याउने विभिन्न गतिविधि गर्ने बताउनुभयो ।