२०८३ साउन ९ शनिबार

प्रधानमन्त्री ओलीले आज झापाको औद्योगिक पार्क शिलान्यास गर्ने

ई आर्थिक    आइतबार, फाल्गुन १६ २०७७
3.3K
Shares
प्रधानमन्त्री ओलीले आज झापाको औद्योगिक पार्क शिलान्यास गर्ने

ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको औद्योगिक पार्क शिलान्यास गर्ने भएका छन् । त्यसका लागि ओली आजै गृहजिल्ला झापा जाँदैछन् । ओली औद्योगिक क्षेत्र शिलान्यासलगायत अन्य कार्यक्रममा समेत सहभागी हुने बताइएको छ ।

झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । अहिले नेपालमा ११ वटा औद्योगिक क्षेत्र सन्चालित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij