२०८३ साउन ९ शनिबार

फेवातालको बास्तविक अवस्था थाहा पाउन क्षेत्रफल नापिने, मन्त्रीपरिषद्ले ग¥यो निर्णय

ई आर्थिक    बुधबार, फाल्गुन १२ २०७७
15.8K
Shares
फेवातालको बास्तविक अवस्था थाहा पाउन क्षेत्रफल नापिने, मन्त्रीपरिषद्ले ग¥यो निर्णय

ई–आर्थिक, काठमाडौं । पोखराको प्रसिद्ध फेवातालको क्षेत्रफल नापिने भएको छ । मंगलबार बसेको मन्त्रीपरिषद्ले सो निर्णय गरेको हो । फेवातालको गहिराई, लम्बाई र चौडाईलगायतका क्षेत्रफल नाप्ने निर्णय गरेको मन्त्री परिषद् स्रोतले जानकारी दिएको छ ।

बाँधको नियमित मर्मत नहुँदा भत्कने अवस्था आएपछि अहिले फेवातालमा पानीको सतह घटाइएको छ । २०१८ सालमा भारत सरकारको सहयोगमा बनेको ११० मिटर लामो बाँध २०२८ देखि फुट्न सुरु भएर ३१ सालमा सबै बगेको थियो ।

त्यसपछि २०३५ सालमा यूएनडीपीको सहयोगमा पहिलाको भन्दा झन्डै एक सय मिटर तल अर्को बाँधको निर्माण थालेर २०३९ सालमा पुनर्निर्माण सम्पन्न भएको बाँध अहिलेसम्म मर्मत गरिएको थिएन ।

फेवातालको बास्तविक अवस्था के हो त्यो थाहा पाउन पनि फेवाताल नापिने निर्णय भएको बताइएको छ । बाँध निर्माण लगायत क्षेत्रफल नाप्दा फेवाताल अतिक्रमणको सिकारबाट बच्न सक्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij