२०८३ साउन ९ शनिबार

बिर्तामोड उद्योग बाणिज्य संघमा सिवाकोटीको प्यानल बलियो, कोषाध्यक्ष राउत सर्वप्रिय उम्मेद्वार

ई आर्थिक    शुक्रबार, फाल्गुन ७ २०७७
34.2K
Shares
बिर्तामोड उद्योग बाणिज्य संघमा सिवाकोटीको प्यानल बलियो, कोषाध्यक्ष राउत सर्वप्रिय उम्मेद्वार

ई–आर्थिक, बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १६ गते हुने निर्वाचनमा प्रकाश लोकतान्त्रिक प्यानल बलियो देखिएको छ । एकजनाले मात्रै स्वतन्त्र उम्मेद्वार दिएको सो निर्वाचनमा नेपाली कांग्रेस समर्थक व्यवसायीहरुको लोकतान्त्रिक प्यानल र नेकपा–राप्रपा गठबन्धनको सुवास भट्टराई नेतृत्वको प्यानल चुनाबी मैदानमा छ ।

सक्रिय, युवा र सिर्जनशील व्यसायीहरु रहेको सिवाकोटीको लोकत्रान्तिक प्यानल तुलनात्मकरुपमा बलियो देखिएको चर्चा व्यवसायीबृतमा चलेकोे छ ।

यो प्यानलको वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्षमा सञ्जीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), जनसम्पर्क उपाध्यक्षमा नैनकला भट्टराई र महासचिव पदमा रविन्द्र भट्टराईले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी उद्योग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दिपेन्द्र राउत र सहकोषाध्यक्ष राधिका चुडालले उम्मेद्वारी दिएका छन् ।

त्यस्तै महिला सदस्यमा तिलोत्तमा खत्री र तुलसा ढकाल तथा खुल्ला सदस्यमा विशाल थापा, सन्नी गोयल, दिपक मित्तल, बलराम सिटौला (राम), मनोज शाह रौनियार, पुकार बराल र विकास बस्नेतले उम्मेदावारी दिएका छन् ।

कांग्रेस झापाका पूर्वउपसभापति देउमान थेवेको संयोजकत्वमा रहेको उम्मेदवार छनोट समितिले निकै सावधानिपूर्वक रणनीतिकरुपमा जीत हासिल गर्न सक्ने सक्रिय युवा उद्यमी र सिर्जनशील व्यवसायीलाई उम्मेद्वार बनाएको थियोे ।

सहयोगी र उद्वार भावका सफल ब्यावसायी प्रकाश सिवाकोटी र उनको प्यानलको जित लगभग सुनिश्चित जस्तै भएको झापाका अगुवा व्यवसायीहरु बताउँछन् ।

उम्मेदवार घोषणा कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुधीरकुमार शिवाकोटी, झापा कोषाध्यक्ष केशव पाण्डेले उर्जाशील र परिपक्व टिम बनेकाले जित सुनिश्चित भएको भन्दै शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गरेका थिए ।

बिहीबार भएको मनोनयन दर्तामा औषधि व्यवसायी जीवनकुमार खड्काले खुला सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । दर्जनौँ संघसंस्थामा आवद्ध उनी बिर्तामोडका ऊर्जाशील युवा व्यवसायी हुन् ।

संघको निर्वाचनमा चार हजार ५३९ मतदाता रहेका छन् । यसबाहेक ११ जना पूर्वअध्यक्षहरु मतदाता रहने छन् ।

कोषाध्यक्षका उम्मेद्वार दिपेन्द्र राउत सर्वप्रिय उम्मेद्वार !

यसैबीच विर्तामोड उद्योग वाणिज्य संघको यो निर्वाचनमा सिवाकोटी प्यानलमा कोषाध्यक्ष दिपेन्द्र राउतको चर्चा उत्कर्षमा पुगेको छ । पूर्वीनेपालकै नमूना बजार बिर्तामोड सिटी सेन्टरको अवधारणा भित्र्याउने राउत सर्वप्रिय उम्मेद्वार भएको जानकार व्यवसायीहरु बताउँछन् ।

उनकै भिजनले बनेको उक्त सिटी सेन्टर अहिले बिर्तामोड कै रमणीय किनमेलको रूपमा परिचित भएको छ । त्यसले स्वदेशी विदेशी पर्यटकहरुलाई समेत आकर्षित गराउन सफल भएको छ ।

उनको यो एउटा सफल उदाहरणको नमुना भएको चौतर्फी प्रशंसा गरिएको छ । फरक क्षमताका धनी, उर्जाशील, सिर्जनशील र मिजासिला राउत सामाजिक व्यक्तित्वका रुपमा समेत परिचित छन् ।

उनले सञ्चालनमा ल्याएका नयाँ अवधारणा सहितका आधा दर्जनभन्दा बढी कम्पनी तथा संस्था सञ्चालन सफलरुपमा सञ्चालनमा छन् । उदयीमान र सिर्जनशील युवा व्यवसायीका रुपमा चिनिएका उनलाई देशभरका उद्यमी व्यवसायीहरुले चिन्दछन् ।

सिटी सेन्टर विर्तामोडका सञ्चालकको अतिरिक्त उनले शिखर बचत तथा ऋण सहकारीका अध्यक्षको रुपमा, शिखर बजारका प्रबन्ध निर्देशकको रुपमा, न्यू पाथिभारा ट्रेड कन्सर्नका सञ्चालकको रुपमा रहेर प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन् । उनले सञ्चालनमा ल्याएको पल क्रिएसन तथा प्रतिदिन दैनिकमा भने भाई उमेश राउतले व्यवस्थापकीय नेतृत्व दिंदै आएका छन् ।

विभिन्न सामाजिक संघ/संस्थामा समेत सक्रिय राउत झापामै मिलनसार र सामाजिक व्यक्तित्वको रुपमा परिचित छन् । दर्जन बढी संघ/संस्थाबाट सम्मान पाइसकेको राउतलाई हालैमात्रै सिटिजन्स लाइफ इन्स्योरन्सबाट सम्मानित भएका छन् । कम्पनीको बिर्तामोड शाखाले स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसर पारेर एक संक्षिप्त कार्यक्रम आयोजना गरी राउतलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij