कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
ई–आर्थिक, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोडको साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको आज सम्पन्न तेस्रो वार्षिक साधारणसभाले सो सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल र्याडिसनमा सञ्चालन भएको उक्त सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सभामा प्रमुख कार्यकारी अधिकृत भट्टराईले जीबन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए ।
कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रमको सम्बन्धमा प्रकाश पारेका थिए ।
सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पारित गरेको छ ।
साधारणसभाबाट संस्थापक शेयरधनी समुहबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित भएका छन् ।