ई–आर्थिक, काठमाडौं । आरती पावर कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न भएको छ । सभाले आगामी ४ वर्षे कार्यकालको लागि संस्थपक शेयरधनीहरुको तर्फबाट भरत बहादुर खत्री अध्यक्ष तथा सञ्चालकहरुमा विरेन्द्र बहादुर न्यौपाने, प्रकाशचन्द्र दुलाल र श्रीमती सबिता गोदार थापालाई चयन गरेको छ ।
सभाले अधिकृत पुँजी १४० करोड मध्ये १०४ करोड संस्थापकबाट चुक्ता भैसकेको कम्पनीको ३६ करोड बराबरको सर्वसाधारण शेयर निष्काशन गर्ने भएको छ । सभाले उक्त रकम बैंकको ऋण चुक्ता गर्ने महत्त्वपूर्ण निर्णय समेत गरेको छ ।

साधारणसभामा उपस्थिति भएर सफल बनाउने शेयरधनी महानुभावहरु, कर्मचारी मित्रहरू एवं निर्वाचन अधिकृत अधिवक्ता खगेन्द्र पाण्डे, कम्पनीका पुर्व सञ्चालक शिव कृष्ण श्रेष्ठ, साधारणसभा कार्यक्रमको सञ्चालन रोशन बस्नेत र कम्पनीका संस्थापक शेयधनी, स्थानीय वासिन्दा एवम् सरोकारवाला सबैलाई धन्यवाद समेत दिएको छ ।
आरती पावर कम्पनी लिमिटेडले भोजपुरको इर्खुवा खोलामा १४.५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
