ई–आर्थिक, काठमाडौं । टुटल र पठाओको सेवा बन्द गर्नुपर्ने माग राख्दै ट्याक्सी व्यवसायी आन्दोलित भएका छन् । टुटल र पठाओको कारण ट्याक्सी व्यवसायीको ठूलो आम्दानी घटेपछि दुबै कम्पनीको सेवा बन्द गर्न माग गर्दै काठमाडौँ उपत्यकामा ट्याक्सी चालक तथा व्यवसायी आन्दोलित भएका हुन् ।
व्यवसायीले टुटल पठाओजस्ता सेवा बन्द गर्नुपर्नेदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने लगायत माग राखेर आन्दोलनमा उत्रिएका हुन ।
नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा शनिबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ट्याक्सी व्यवसायीले ¥याली निकालेका थिए । विभिन्न स्थानबाट निकालिएको ¥याली माइतीघर मण्डलामा भेला भएर माग पुरा गर्न सरकारलाई दबाव दिएका थिए ।
आफ्ना जायज मागहरुलाई पुरा नगरे आन्दोलनलाई कडा र शसक्त बनाउने चेतावनी व्यवसायीले दिएका छन् ।