२०८३ साउन ९ शनिबार

नबिल बैंक र उपाय सर्भिसेस बिच सम्झौता

ई आर्थिक    शनिबार, माघ २४ २०७७
6.5K
Shares
नबिल बैंक र उपाय सर्भिसेस बिच सम्झौता

ई–आर्थिक, काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र उपाय सर्भिसेस बिच बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता गरेको छ ।

यस रणनीतिक साझेदारी अन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने छन् । यसबाहेक, उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्कता बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपल्ब्द गराउनेछ ।

निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई तथा लघुबित्त, नबिल बैंक र राजु के.सी., महाप्रबन्धक, उपाय सर्भिसेसले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, एस.एम.ई तथा लघुबित्त, प्रमुख निरज कुमार बस्नेत (डनिल) ले भने, ‘नबिल बैंक लघु, साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँचमा बृद्धि तथा समग्र अर्थतन्त्रको विकासको गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेको छ । हामी हाम्रो ग्राहकहरु र बैंकको दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरुलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानून र नियमनको पालना गर्न मद्दत गर्दै आएका छौ ।

हामीलाई आशा छ कि यो साझेदारीले लघु, साना तथा मझौला उद्यमीहरुको वित्तीय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पु¥याउँछ ।’

’नबिल बैंक लिमिटेडसँगको सहकार्य निकै फलदायी भएको छ,’ उपाय सर्भिसेसका महाप्रबन्धक राजु केसीले भन। उनी थप भन्छन्- ’उपायले कर्जा सम्बन्धी सेवाहरू बाहेक वित्तीय व्यवस्थापन, कानूनी, कर र व्यवस्थापन सम्बन्धी परामर्शमा व्यावसायिक सेवा प्रदान गरेर बैंकका विभिन्न ग्राहकहरूलाई मार्गदर्शन र मद्दत गर्न सक्षम भएको छ । बैंकका १००ं भन्दा बढी ग्राहकहरू उपाय सर्भिसेसबाट आजसम्म सेवाहरू उपयोग गरेर लाभान्वित भएका छन् ।’

नबिल बैंकको बारेमा

आफ्नो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जाल मार्फत निरन्तर गुनस्तरिय सेवा प्रवाह गरिरहेको छ । एक उच्च प्रशिक्षित समुह र मजबूत र सुरक्षित बैंकिङ प्रणालीको साथ तीन दशक भन्दा बढीको बैंकिङ अनुभवको साथ, बैंक ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।

उपाय सर्भिसेजको बारेमा

उपाय सर्भिसेज लिमिटेड कानुन, वित्तिय व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यवसायिक व्यक्तिहरुद्वारा सञ्चालित एक डिजिटल प्लेटफर्म हो । यस अन्तर्गत नयाँ कम्पनी दर्ता, कम्पनीे खारेजी, लेखासँग सम्बन्धित सेवाहरु, ऋण आवेदन तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रियाको सेवा, वार्षिक विवरण दाखिला, करसँग सम्बन्धित सेवा, भु–सेवाले प्रदान गर्ने सेवा लगायतका विविध सेवाहरु प्रदान गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij