२०८३ साउन ९ शनिबार

मीनमान श्रेष्ठकोे सभापतित्वमा महासंघको शहरी विकास समिति विस्तार

ई आर्थिक    आइतबार, माघ १८ २०७७
4.3K
Shares
मीनमान श्रेष्ठकोे सभापतित्वमा महासंघको शहरी विकास समिति विस्तार

व्यवस्थित शहरी विकासलाई पहिलो प्राथमिकतामा राख्न अध्यक्ष गोल्छाको सुझाव

ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य मीनमान श्रेष्ठकोे सभापतित्वमा गठित शहरी विकास समिति विस्तार भएको छ । समितिका सह–सभापतिमा नेपाल सरकारका पूर्व सचिव पूर्ण कडरिया र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह चुनिनु भएको छ ।

समितिका सदस्यहरूमा नेपाल इञ्जिनियरिङ्ग एशोसिएसन (एनईए) का पूर्व अध्यक्ष ई. ध्रुव थापा, सोसाइटी अफ नेप्लिज् आर्किटेक्टस् (सोना) का पूर्व अध्यक्ष आर्किटेक्ट स्वरूप कोने, नेपाल जग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष विदुर धमला, कञ्चनजङ्घा हाउजिङ्ग लिमिटेडका संचालक विनय उपाध्याय, बरीष्ठ स्ट्रक्चर ई. डा.पुरुषोत्तम डंगोल, नेपाल जग्गा तथा आवास विकास संघका बरिष्ठ कानूनी सल्लाहकार डा.गोकुलप्रसाद बुर्लाकोटी हुनुहुन्छ ।

समितिका सल्लाहकारहरूमा नापी विभागका पूर्व महानिर्देशक एवं सिमाविद वुद्धिनारायण श्रेष्ठ र नागार्जुन नगरपालिका मेयर मोहन बस्नेत हुनुहुन्छ ।

त्यसैगरी समितिका आमन्त्रित सदस्यहरूमा जेनेरल इन्सुरेन्स कम्पनी नेपाल लि.का संचालक कृष्ण बोहोरा, गंगा प्रा.लि. (रियल ईस्टेट) चितवनका अध्यक्ष सिए दिनेश चुके, आइएनजीए रियल इस्टेट प्रा.लि., बुटवलका संचालक नारायण बञ्जाडे, जियोटेक इञ्जिनियर सञ्जय कुमार जैन, शिवम हाउजिङ्ग प्रा.लि.,विर्तामोडका प्रवन्ध सञ्चालक, सुदिप प्रसाई, उत्तरगंगा इन्भेष्टमेण्ट गु्रप प्रा.लि., सुर्खेतका अध्यक्ष सुदर्शन श्रेष्ठ र शालिमार होम प्रा.लि., विरगञ्जका सञ्चालक, ई.हेमन्त बैद हुनुहुन्छ ।

समिति विस्तार कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवस्थित शहरी विकासलाई पहिलो प्राथमिकतामा राखी त्यसका लागि आवश्यक नीति नियम बनाउनु पर्नेमा जोड दिनुभयो । अध्यक्ष गोल्छाले त्यसमा समितिले परिणाममुखी ढंगले काम गर्नेमा पनि आफू विश्वस्त रहेको बताउनु भयो ।

महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र रामचन्द्र संघईको उपस्थितिको रहेको सो कार्यक्रममा महासंघका कोषाध्यक्ष सुकुन्तलाल हिराचनले शहरी विकासका लागि ठोस मास्टर प्लान नभएकाले त्यसतर्फ पनि काम गर्न समितिलाई सुझाव दिनु भयो । साथै उहांले यस क्षेत्रमा व्यवसायिक स्वास्थ्य र सुरक्षालाई समेत प्राथमिकता दिनुपर्ने धारणा राख्नु भयो ।

तत्पश्चात समितिका सभापति श्रेष्ठको अध्यक्षतामा भएको बैठकले वर्तमान कार्यकालमा कम्तिमा एउटा प्रदेशमा नमुना शहर बनाउने लक्ष्यका साथ काम गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij