२०८३ साउन ९ शनिबार

मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा सुरू

ई आर्थिक    बिहिबार, माघ ८ २०७७
6.5K
Shares
मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा सुरू

ई–आर्थिक, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको छ । यो सम्झौता पछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने भएको छ ।

वीच्याट–पे छिमेकी मुलक चीनको ख्यातिप्राप्त लोकप्रियमा पर्दछ ।

नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु तथा नेपालवाट सामान आयात गर्ने चिनियाँ व्यापारीहरुले अब बिभिन्न सामाग्री तथा सेवाको लागि ‘वीच्याट–पे’ मार्फत रकम भुक्तानी गर्न सक्नेछन् ।

नेपालमा वर्षेनी लाखौं चिनियाँ पर्यटकहरु आउने गरेका छन् ।चीनमा निकै लोकप्रिय रहेका ‘वीच्याट–पे’ मार्फत नेपालमा रकम भुक्तानी गर्न पाउँदा चिनियाँ पर्यटकहरु लाभान्वित हुनेछन् भने राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।

डिजिटल बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै आएको मेगा बैंकले भुक्तानी सेवालाई सहज र प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्ता साझेदारीलाई प्राथमिकता दिने योजना बनाएको बैंकका प्रमुख बजार अधिकृत (सीएमओं) मनोज खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij