२०८३ साउन ९ शनिबार

नबिल बैंकले सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश दिने

ई आर्थिक    शुक्रबार, माघ २ २०७७
11.6K
Shares
नबिल बैंकले सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश दिने

ई–आर्थिक, काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ३६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा बसेको सो सभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार साधारण सभामा पेश गरे अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

यसै साधारण सभाबाट सर्वसाधारण शेयरधनी समुहको प्रतिनिधित्व गर्दै अनन्त पौड्यालज्यू तथा प्रविन टिवडेवालाज्यू निर्विरोध निर्वाचित भएका छन् ।

आ.व. २०७६/७७ मा निजीक्षेत्रका बैंकहरुमध्ये उच्चतम् मुनाफा दिन सफल बैंकले रु. ३ अर्ब ४६ करोड मुनाफा हासिल जानकारी दिएको छ ।

बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ३७ अर्ब पु¥याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको शेयर पूँजी यस बर्ष रु. १३ अर्ब ४८ करोड नाघेको छ ।

साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौड्यालले भने– ‘नबिल बैंकले नेपालको बैकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पु¥याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौं ।’

नबिल ठूलो बैंकसंगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा रहेको पनि अध्यक्ष पौड्यालले बताए । बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा लागेको छ । बैंकले स्थापनाकाल देखि हालसम्म रू. २१ अर्ब भन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको जनाएको छ ।

वास्तविक अर्थतन्त्रलँई सहयोग पु¥याई समग्र अर्थतन्त्रको सुखद भविष्यको लागि हाम्रा प्रयासहरुलाई अझ बलीयो बनाउँदै लैजाने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ ।

त्यसैगरी, हामी हाम्रा शेयरधनीहरु, ग्राहकवर्गहरु, नियामक निकायहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुमाझ यो बैंक सबल र सक्षम रहेको र हालको जस्तो अप्ठ्यारो परिस्थितिमा पनि आफ्नो सकारात्मक सोच एवं परिवर्तनलाई ग्रहण गर्न सक्ने क्षमताका माध्यमबाट उत्कृष्ट कार्यसम्पादन गर्न तयार रहेको व्यहोरा अवगत गराएको छ । साथै, हामी यस किसिमका चुनौतिहरुलाई अवसरमा बदल्नका लागि पनि पूर्ण रुपमा तयार रहेको पनि बैंकले जानकारी गराएको छ ।

विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको बैंकले जानकारी दिएको छ ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास राखेको छ । बैंकको साधारण सभा समयमै सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने शेयरधनी तथा सम्बद्ध सबै निकायहरू प्रति बैंकले आभार समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij