२०८३ साउन ९ शनिबार

प्रभु बैंकले जिल्ला अस्पताल ईलामलाई आर्थिक सहयोग उपलब्ध गरायो

ई आर्थिक    मंगलबार, पौस २१ २०७७
7.8K
Shares
प्रभु बैंकले जिल्ला अस्पताल ईलामलाई आर्थिक सहयोग उपलब्ध गरायो

ई–आर्थिक, काठमाडौं । प्रभु बैंकको ईलाम शाखा कार्यालयले जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । आप्mना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गराएको बैंकले जानकारी दिएको छ ।

प्रभु बैंक ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले ईलाम जिल्ला अस्पताल ईलामका मे.सु.डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग स्वरुप रु. ५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भयो ।

उक्त कार्यक्रममा ईलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होमबहादुर बस्नेत, ईलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य ईन्दिरा राई, समाजसेवी हिमाल कर्मचार्य र समाजसेवी रतनकुमार चौधरी लगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो ।

बैंकको आर्थिक सहयोगमा ईलाम जिल्ला अस्पतालमा जडान हुने एरो प्लाण्टबाट उक्त अस्पतलामा व्यवस्थित रुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने विरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने छन् भन्ने बैंकले विश्वास लिएको छ ।
साथै, बैंकले समाजपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij