एजेन्सी : अलिबाबा र एन्ट ग्रुपका संस्थापक ५६ वर्षिय ज्याक मा २ महिनादेखि सार्वजनिक रुपमा देखा परेका छैनन् ।
चीन सरकार उनीमाथि जाइ लागेपछि उनी एकाएक बेपत्ता भएका हुन् । यसले बिदेशमा निजी क्षेत्र भन्दा सरकार कत्तिको बलियो छ भन्ने प्रमाण प्रस्तुत गरेको छ । चिनियाँ नियामकले अलिबाबामाथि एन्टिट्रस्टको अनुसन्धान सुरु गरेपछि उनी लुक्न बाध्य भएका हुन् । उनको कम्पनी अलिबाबालाई चीनको अमेजनको रुपमा हेरिदै आएको छ ।
नोभेम्बरमा चीनले माको वित्त–प्रविधि कम्पनी एन्टग्रुपको आईपीओ निश्काषन रोक्नेगरी नियमन ल्याएको थियो । माले सांघाईमा आयोजना भएको एक सम्मेलनमा चीनको वित्तीय नियमन प्रणालीको आलोचना गरेको केही सातापछि नयाँ नियम आएको हो । माले चीनले प्रयोग गरको विश्वव्यापी वित्तीय नियमनलाई पुराना मानिसहरुको झुण्ड भनेर मानेका थिएनन् । उनले हिजोको विधिले भविष्य डो¥याउनु हुदैन समेत भनेका थिए ।
ऋण लगानी गर्ने स्टार्टअप ‘क्यापिटल’का सीईओ ब्ल्येर सिल्भर्गले नयाँ ल्याइएको नियमनले सरकारले ज्याक मा माथि शासन गर्न खोजेको भनी बताएका छन् ।
उनैले स्थापना गरेको अफ्रिकन ट्यालेन्ट शो ‘अफ्रिकाज बिजनेस हिरोज’को निर्णायकबाट उनैलाई हटाइएको थियो । यद्यपि उक्त कार्यक्रम आयोजक मण्डलले यो विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । तर हाल आएर अलिबाबाका प्रतिनिधिले माले शोको फिनालेको निर्णायक मण्डलको भूमिका ननिभाउने बताइसकेका छन् । उक्त कार्यक्रमको नोभेम्बरमा छायांकन गरिएको थियो । कहिले रिलिज गर्ने भन्ने तालिका सम्बन्धि विवादले हालसम्म पनि रिलिज भएको छैन ।
“हामीलाई यो भन्दा बढी जानकारी छैन्,” मा कहाँ छन् भन्ने विषयको जवाफमा प्रतिनिधिले बताए ।
माले २०१९ मै अलिबाबाको अध्यक्ष पद त्यागेका थिए ।
केही समय अगाडि सम्म पनि मानै चीनका धनी थिए । उनको कुल सम्पत्ति ६० अर्ब डलर थियो । तर, चीनले उनको वित्त–प्रविधि कम्पनीमाथि कडाइ गरेपछि माको कुल सम्पत्तिमा एकाएक झन्डै १० अर्ब डलर कमी आएको छ र हाल उनको सम्पत्ति ५०.६ अर्ब डलर कायम भएको छ । हाल उनी ब्लूमबर्ग बिलिनियर इन्डेक्सका अनुसार चीनका चौथो धनी व्यक्ति हुन् । कारोबारबाट