२०८३ साउन ९ शनिबार

झ्याप्प–झ्याप्प बिजुली जाने बारेमा बोल्यो प्राधिकरण, क्षमा माग्दै प्राधिकरणले दियो ३ बुँदे प्रस्टीकरण

ई आर्थिक    बिहिबार, पौस १६ २०७७
4.4K
Shares
झ्याप्प–झ्याप्प बिजुली जाने बारेमा बोल्यो प्राधिकरण, क्षमा माग्दै प्राधिकरणले दियो ३ बुँदे प्रस्टीकरण

ई–आर्थिक, काठमाडौं । विगत केही दिनदेखि झ्याप्प–झ्याप्प बत्ति जाने कारण बारे प्राधिकरणले मुख खोलेको छ । प्राधिकरणले सबैलाई सम्बोधन गर्दै बत्ति जाने तीन कारण प्रष्ट्याएको हो ।

लोडसेडिङ अन्त्य भएको लामो समय भए पनि राजधानीमा पछिल्ला दिनमा लोडसेडिङको झल्को दिँदै झ्याप्प–झ्याप्प बिजुली गइरहे पछि पछिल्लो समय प्राधिकरणको व्यवस्थापन निक्कै आलोचित बनेको छ ।

नेपाल विद्युत प्राधिकरणले विहिबार विज्ञीप्ती जारी गर्दै विभिन्न सञ्चार माध्यममा आएका अघोषीत लोडसेडिङ सूरु भएको तथा नेपाल विद्युत् प्राधिकरणले व्यवस्थापन गर्न नसकेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

‘नेविप्राले विगत ३ बर्षअघिदेखि नै लोडसेडिङ अन्त्य गरिसकेको, फेरी लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको र देहायको अवस्थामा छोटो समयलाई विद्युत आपूर्तीमा अवरोध हुन गएको ब्यहोरा आम विद्युत उपभोक्ता, मिडियाकर्मी, पत्रकार र संबन्धित सबैमा अनुरोध गरिएको छ।’ विज्ञीप्तीमा उल्लेख गरिएको छ ।

जाडो बढेसँगै सबैको घरमा विद्युत खपत् पनि बढेको छ । लोडसेडिङ अन्त्यपछि पनि माग र आपूर्तिबीचको सन्तुलन मिलाएर बिजुली वितरण गरिरहेको नेपाल विद्युत् प्राधिकरणलाई अनियमित तरिकाले विद्युत् कटौतीले जनताहरुलाई समस्या भएकोमा प्राधिकरणले क्षमा पनि मागेको छ ।

माग बढ्दा केही स्थानमा स्वभाविकरूपमा लोड बढेको र लोड व्यवस्थापनमा केही समस्या आउँदा विद्युत् काटिने गरेको प्राधिकरण जनाएको छ । सोही समस्या समाधानका लागि प्राधिकरणले काठमाडौँका प्रमुख सवस्टेशन र वितरण केन्द्रहरुमा प्राविधिक जनशक्ति परिचालन गरी मर्मत गरिसकेको छ ।

तीन बर्षअघि नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङकै कार्यकालमा नेपालमा लोडसेडिङको अन्त्य भएको घोषणा भएको थियो ।

तीन बर्षपछि झ्याप्प–झ्याप्प बिजुली आउने जाने गर्नाले जनताहरु फेरी लोडसेडिङ सूरु भएको हो की भनेर चिन्तित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij