ई–आर्थिक, दाङ : मालपोत कार्यालय तुलसीपुर, दाङका दुई कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जको टोलीले उनीहरुलाई तीन लाख २० हजार घुस रकम सहित पक्राउ गरेको हो ।
मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई उक्त घुस रकम सहित पक्राउ गरेको हो ।
उनीहरुलाई अख्तियार कार्यालय बुटबल कार्यालय र नेपालगञ्ज कार्यालयबाट खटिएको टोलीले घुस सहित पक्राउ गरेको सो कार्यालयले जानकारी दिएको छ ।
ऐलानी जग्गा नापजाँच गरी पुर्जा उपलब्ध गराउने बहानामा सेवाग्राहीसँग पैसा लिदै गर्दा उनीहरुलाई पक्राउ गरिएको अख्तियार कार्यालयले जानकारी दिएको छ । उनीहरुका विषयमा थप अनुसन्धान भइरहेको पनि सो कार्यालयले जानकारी दिएको छ ।