२०८३ साउन १० आइतबार

कतारमा कामदार पठाउन १६ म्यानपावरलाई सर्टलिस्ट गरेको हल्लाले म्यानपावर क्षेत्रमा खैलाबैला, सिन्डिकेट नहटे १६ म्यानपावर कम्पनीलाई आगो लगाउने !

ई आर्थिक    शुक्रबार, कार्तिक २१ २०७७
15.9K
Shares
कतारमा कामदार पठाउन १६ म्यानपावरलाई सर्टलिस्ट गरेको हल्लाले म्यानपावर क्षेत्रमा खैलाबैला, सिन्डिकेट नहटे १६ म्यानपावर कम्पनीलाई आगो लगाउने !

ई–आर्थिक, काठमाडौं । नेपालका १६ वटा म्यानपावरले मात्रै कतारमा कामदार पठाउने गरी सिन्डिकेट लगाएको हल्ला चलेपछि बैदेशिक रोजगार व्यवसायीबीच खैलाबैला मच्चिएको छ । आफ्नो देशमा कामदार पठाउन अनुमति दिनेगरी कतारले सीमित म्यानपावरलाई मात्रै सर्टलिस्ट गरेको बजारमा हल्ला फैलिएपछि कोभिड–१९ का कारण ठप्प जस्तै रहेको बैदेशिक रोजगार व्यवसायीहरु तात्तिएका हुन् ।

यो हल्ला व्यवहारमा परिणत भए १६ वटा म्यानपावर कम्पनीलाई अन्य म्यानपावर कम्पनीले ‘आगो लगाउने’ एक व्यवसायीले बताए । ‘बजारमा आएको यो हल्ला साँचो भए यो गम्भीर विषय हो ।’ एक अगुवा म्यानपावर व्यवसायीले भने– ‘सरकारले अनुगमन गरेर यसलाई खोरेजी नगरे १६ वटा म्यानपावर व्यवसायीलाई आगो लगाइने समेतको सोच अन्य व्यवसायीहरुले बनाइसकेका छन् ।’

सरकारले यसलाई खारेजीका लागि आवश्यक अनुगमन र पहल गर्ने समेत ती व्यवसायीले अनुरोध गरे । तर यो बिषयमा सरकारका तर्फबाट कुनै निकायले पनि आधिकारिक धारणा सार्वजानिक गरेको छैन् ।

यो हल्लापछि वैदेशिक रोजगार व्यवसायीहरु थप सशंकित समेत बनिरहेका छन् । त्यसो त यही विषयमा छलफल गर्न व्यवसायीहरुको आकस्मिक बैठक समेत बस्न थालिसकेका छन् । नेपाल बैदेशिक रोजगार लोकतान्त्रिक व्यवसायी संघको कार्यालयमा बसेको बैठकमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरे लगायतका दर्जनौं व्यवसायीहरु सहभागी भएको बुझिएको छ ।

बैठकले बजारमा आएका हल्लाको आधिकारिकता पत्ता लगाउने र सही रहेछ भने यसको कडा प्रतिरोध गर्ने निर्णय गरेको भेलामा एक सहभागीले जानकारी दिए ।

यस विषयलाई लिएर अध्यक्ष गैरे लगायतका केही व्यवसायीहरुले परराष्ट्रमन्त्रीसँग भेटेर कुराकानी समेत गरिसकेका छन् । त्यसैगरी क्युभीसीका सञ्चालक तथा सर्टलिष्टमा परेको एसओएस म्यानपावर कम्पनीका अध्यक्ष हेमबहादुर गुरूङसँग समेत कुराकानी भइरहेको एक व्यवसायीले बताएका छन् ।

कतारको भिसा स्वीकृत गर्ने निकाय कतार भिसा सेन्टर (क्युभिसी) ले १६ म्यानपावर कम्पनीको नाम सर्टलिस्ट गरेको र नेपालस्थित कतारी दुतावास र नेपालस्थित कतार भिसा सेन्टर (क्युभीसी) ले पठाएको नामलाई कतार भिसा सेन्टरको मुख्यालयले स्वीकृत पठाएको भनिएको छ ।

क्युभीसीले कतार जाने नेपाली कामदारको फिङ्गरप्रिन्ट लिने र भिसाको प्रोसेसिङमा सहजीकरण गर्ने काम गर्छ ।

सर्टलिष्टका १६ म्यानपावर व्यवसायी मध्येका केही व्यवसायी, सरकारी निकाय समेतको मिलेमतोमा ठूलो आर्थिक चलखेल हुने गरी यो सिन्डिकेटको डिजाइन भएको भएको आशंका अन्य व्यवसायीले गरेका छन् ।

सर्टलिष्टको सूचिमा रहेका १६ म्यानपावर मध्ये होप इन्टरनेशनल, अल–थाक्वेत ओभरसिज, एसओएस म्यानपावर, डीडी ह्युमन रिसोर्स म्यानेजमेन्ट, राज ओभरसिज, अल–रायन इन्टरप्राइजेज, गोर्खा इन्काउन्टर्स, सुपर्भ फर अल्टिमेट म्यानपावर सोलुसन, कैलास इन्टरनेशनल म्यानपावर, न्यू पाथीभरा प्लेसमेन्ट सर्भिसेज, डेभिड फरेन रिक्विमेन्ट एजेन्सी, धर्म ओभरसिज, साउण्डलिनेस रिक्रुमेन्ट, कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट र इन्टरनेशनल म्यानपावर रिक्रुमेन्ट रहेका छन् ।

गैरेले यसबारे सर्टलिष्टमा नाम आएका म्यानपावर व्यवसायीसँग पनि आफूले कुरा गर्ने बताए । ‘मैले हेमदाइ ९क्युभीसीका सञ्चालक० सँग कुरा गरिसकेको छु, उहाँले यो हल्ला मात्रै हो, म कुनै पनि सिन्डिकेट गर्दिन भन्नुभएको छ । अरुसँग पनि कुरा हुन्छ । सिन्डिकेट हुन कुनै पनि हालतमा दिइँदैन ।’

नेपालको प्रमुख श्रम गन्तव्य बनेको कतारमा हाल ८५४ म्यानपावरले कामदार पठाउँदै आएका छन् । प्रमुख रोजगार गन्तव्यमा नै सिन्डिकेट हुन लागेको हल्लाले उनीहरु आतंकित बनेका छन् । नेपालका सबै म्यानपावर व्यवसायीहरुले प्रत्येक बर्ष हजारौं कामदार कतार पठाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij