ई-आर्थिक, काठमाडौं । नबिल बैंकले नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने शेयरहरु धितो राखी सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा उपलब्ध गराउने भएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै बैंकले रु. ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५ को आकर्षक ब्याजदरमा उपलब्ध गराउने जनाएको छ । बैंकले आगामी बडा दशैंको अवसरमा राष्ट्र बैंकको मार्ग निर्देशनभित्र रहेर नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने जनाएको छ ।
बैंकको हाल देशभर ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । बैंकले देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै ‘नबिल डिजी’ बैंकको स्थापना गरेको बताएको छ । साथै यसले नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको र यसले ग्राहकको सन्तुष्टिसहित आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नु आफनो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्नेतर्फ केन्द्रित गरेको जनाएको छ ।