२०८३ साउन ९ शनिबार

प्रयोग भइसकेका कन्डम बटुुलेर बिक्री गर्ने गिरोह पक्राउ, तीन लाखभन्दा बढी कन्डम बरामद

ई आर्थिक    शुक्रबार, असोज ९ २०७७
6.3K
Shares
प्रयोग भइसकेका कन्डम बटुुलेर बिक्री गर्ने गिरोह पक्राउ, तीन लाखभन्दा बढी कन्डम बरामद

ई-आर्थिक, काठमाडौं । भियतनाम प्रहरीले एकचोटि प्रयोग भइसकेको कन्डम गैरकानुनी रूपमा विक्रीका लागि राखिएको बरामद गरेको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार झन्डै तीन लाख २० हजारवटा त्यस्ता कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको थियो।

प्रहरीले दक्षिणी भेगमा अवस्थित बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छापा मार्दा उक्त कन्डम फेला परेको हो। अहिलेसम्म त्यस्ता कति कन्डम बजारमा बेचियो भन्ने स्पष्ट हुन सकेको छैन।

भियतनामको सरकारी सञ्चारमाध्यम भीटीभीका अनुसार पक्राउ परेकी महिलाले त्यस्तो कन्डम प्रतिकिलो ०.१७ अमेरिकी डलर आफूले प्राप्त गर्ने बताएकी छन्।

महिलाका अनुसार त्यसपछि यस कन्डमलाई काठको लिङ्गमा राखेर फेरि पुरानै आकार दिइन्थ्यों । त्यसपछि फेरि प्याकेटमा भरेर बेच्ने गरिन्थ्यों । टिभी च्यानलका अनुसार प्रयोगमा आएका यस्ता कति कन्डम फेरि बिक्री भयो भन्ने विषय अहिले खुलेको छैन । महिलाका अनुसार उनले जति किलो कन्डम बनाउथिंन्, त्यहीअनुसार पैसा आउथ्यों ।

स्थानीयका अनुसार होटल र पसलहरुमा यी कन्डमको बिक्री हुने गरेको थियो । जनस्वास्थविद्हरुका अनुसार कन्डमलाई एकपटक प्रयोग गरेपछि तत्कालै नस्ट गर्नुपर्ने हुन्छ ।

स्रोत : बीबीसी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij