२०८३ साउन १० आइतबार

चिनियाँ र भारतीय सैनिकबीच झडपको नयाँ भिडियो भाइरल ( भिडियोसहित )

ई आर्थिक    बिहिबार, भाद्र २५ २०७७
6.4K
Shares
चिनियाँ र भारतीय सैनिकबीच झडपको नयाँ भिडियो भाइरल ( भिडियोसहित )

ई-आर्थिक, काठमाडौं। विवादीत सीमा क्षेत्रमा भारतीय सेना र चिनियाँ सेनाको झडपको नयाँ भिडियो यतिबेला भाइरल भएको छ । मंगलबार राति सामाजिक सञ्जालमा उक्त भिडियो सार्वजनिक भएको हो । उक्त भिडियो वास्तविक भएको र सम्भवतः केही महिनाअघि खिचिएको चिनियाँ सैनिक स्रोतले बताएको साउथ चाइना मोर्निङ पोष्टमा उल्लेख छ ।

दुई देशबीच सीमामा भएको झडपको सम्भवतः पहिलोपटक सार्वजनिक भएको भिडियोमा सैनिकहरु एउटा नदीको किनारमा भिडिरहेको देख्न सकिन्छ ।

गत जुन १५ मा भारतको लद्दाख क्षेत्रमा रहेको गलवान क्षेत्रमा दुई देशका सैनिकबीच हिंस्रक झडप भएको थियो । उक्त घटनामा कम्तिमा २० जना भारतीय सैनिक मारिएका थिए । बेइजिङले भने उक्त घटनामा ब्यहोरेको क्षति सार्वजनिक गरेको छैन ।

उक्त भिडियोमा चिनियाँ सैनिकहरुसँग लठ्ठी र दंगा हुँदा प्रयोग हुने ढाल रहेको देख्न सकिन्छ भने भारतीय सैनिकहरुले बन्दुक बोकेको देखिन्छ । तर, उनीहरुले बन्दुक चलाएनन् । झडपमा दुबै देशका सैनिकहरुले बन्दुकको प्रयोग नगरेर संयमता देखाएको देखिन्छ ।

एक सैन्य विज्ञका अनुसार उक्त भिडियो १५ जुनमा भएको हिंस्रक झडपको नभएर त्योभन्दा अघि गलवान नदीमा मे महिनामा भएको झडपको हुनसक्ने बताएका छन् ।

गत मे महिनादेखि भारत र चीनबीच सीमा विवाद देखिएको छ । त्यसयता तनाव गर्न दुई देशबीच कयौँ वार्ता पनि भएका छन् । तर, गत सोमबार पाङगोङ त्सो तालमा भएको विवादका क्रममा गोली चलेपछि स्थिति पुनः तनावग्रस्त बनेको छ ।

भिडियो:     https://www.youtube.com/watch?v=rjOgBO-uA9o

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij