२०८३ साउन ११ सोमबार

६ महिना यताकै उच्च विन्दुमा नेप्से, २५ अंकले बढ्दा ४ अर्बभन्दा बढीको कारोबार

ई आर्थिक    बुधबार, भाद्र १७ २०७७
6.8K
Shares
६ महिना यताकै उच्च विन्दुमा नेप्से, २५ अंकले बढ्दा ४ अर्बभन्दा बढीको कारोबार

ई–आर्थिक, काठमाडौं । बुधबार नेप्से सूचक २५.५८ अंकले बढ्दा ४ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। आज नेप्से परिसूचक १.७२ प्रतिशतले बढेर १५१०.५७ अंकमा पुगेर बन्द भएको छ । नेप्से ६ महिना यताकै उच्च विन्दुमा पुगेकाे हो । यसअघि २०७६ फागुन २० गते नेप्से १५०९ विन्दुमा बन्द भएकाे थियाे।

आज कारोबारमा आएका १२ उपसमूह मध्ये जीवन बिमा र निर्जीवन बिमा बाहेक सबैमा हरियाली छाएको छ। जीवन बिमा ८८.६८ र निर्जीवन बिमा १२५.८९ अंकले घटेको छ। त्यस्तै बैंकिङ १९.७८, व्यापार १५.८४, होटल १.०२, विकास बैंक २६.४५, जलविद्युत् ९४.२२, वित्त ७.७५, उत्पादन ३१.४२, अन्य ३७.११, लघुवित्त १७.२८ र सामूहिक लगानी कोष ०.०८ अंकले वृद्धि भएको छ ।

आज कारोबारमा आएका १८६ कम्पनीको ९६ लाख ६३ हजार ८६ कित्ता शेयर ४५ हजार २७२ पटक खरिद विक्री हुदाँ ४ अर्ब १८ करोड १० लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले ७ लाख ३२ हजार ८७१ कित्ता शेयर ५ हजार ९३२ पटक खरिद बिक्री हुदाँ ६७ करोड ४२ लाख ४२ हजार रुपैयाँ बराबरको करोबार गरी उच्च स्थान लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij