२०८३ साउन १० आइतबार

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

ई आर्थिक    शुक्रबार, साउन २३ २०७७
4.5K
Shares
भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० लाख नाघ्यो

नयाँदिल्ली, साउन २३ गते। भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ ।

गत २४ घण्टामा भारतका ६२ हजार ५३८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या २० लाख २७ हजार ७५ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये १३ लाख ७८ हजार २१५ व्यक्ति निको भएर फर्किएका छन् । भारतमा बिहीबारसम्ममा कोरोना भाइरस निको हुनेक्रम ६७।३० प्रतिशतले बढेको पाइएको छ ।

भारतमा कोरोना संक्रमितमध्ये ४१ हजार ५८५ जनाको मृत्यु भएको छ । निको हुनेको संख्या भने बृद्धि भएको देखिएको छ । हाल भारतमा छ लाख ७ हजार २४४ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका बताइएको छ । भारतको महाराष्ट्र राज्यमा सबैभन्दा धेरै कोरोना भाइरस सङ्क्रमित छन् । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा नयाँदिल्ली रहेका छन् ।

-रासस / सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij