२०८३ साउन ९ शनिबार

राफेल लडाकू बिमान भारतका लागि प्रस्थान

ई आर्थिक    सोमबार, साउन १२ २०७७
12.4K
Shares
राफेल लडाकू बिमान भारतका लागि प्रस्थान

पेरिस, साउन १२ गते। भारतले खरिद गर्न लागेका फ्रान्सेली अत्याधुनिक राफेल लडाकू बिमानको एक खेप भारतका लागि प्रस्थान गरेका छन् । पहिलो चरणमा पाँच वटा लडाकू बिमान बुधबार भारतीय वायुसेनामा समाहित गर्ने कार्यक्रम छ ।

ती लडाकू बिमानहरु फ्रान्सको मेरिगन्याक हवाई अड्डाबाट उडेका थिए । ती बिमान भारततर्फ प्रस्थान गर्नुअघि फ्रान्सस्थित भारतीय राजदूतावासले गरेको ट्वीटमा भारतीय वायुसेवाको क्षमता विकासमा राफेल बिमानको सहभागिताले महत्वपूर्ण योगदान गर्ने बताइएको छ । फ्रान्सेली बिमानमा सात जना भारतीय पाइलटको समूह समेत सहभागी छ । उनीहरुलाई फ्रान्सस्थित डासल्ट एभिएसन कम्पनीमा तालिम समेत दिइएको थियो ।

भारतले सन् २०१६ मा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिरक्षा खरिदमा राफेल लडाकू बिमान समावेश थियो । निकै विवादबीच भारतको मोदी सरकारले ६० हजार करोड भारतीय रुपैयाँमा फ्रान्सबाट ३६ वटा लडाकू बिमान खरिद गरेको हो ।

नयाँ लडाकू बिमान जुलाई २९ का दिन भारतको अम्बाला आइपुग्ने छन् । लामो दूरीका मिटिओर हवाई क्षेप्यास्त्र र स्काल्प जडित यी बिमानले पाकिस्तान र चीनका विभिन्न स्थानमा अचुक निशाना लगाउन सक्ने विश्वास गरिएको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij