ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ गते हुने भनिएको साधारण सभा तथा निर्वाचन स्थगित भएको छ ।
सरकारले सबै प्रकारका सभा,गोष्ठी, तालीम, सेमिनार, प्रदर्शन,भेला तथा सम्मेलन गर्न लगाएकाे प्रतिवन्ध कायमै रहेपछि महासंघले साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।
महासंघले सरकारले सभा सम्मेलन खुला गर्ने निर्णय भएको १५ दिन पछाडि साधारणसभा गर्ने गरी हाललाई स्थगित गरेको जनाएको छ। यसअघि चैतमा हुने भनिएको चुनाव तथा साधारणसभा पनि कोरोना भाइरस जोखिमका कारण सरेको थियोे ।