२०८३ साउन ९ शनिबार

महालक्ष्मी विकास बैंकको कामु सीईओमा शर्मा नियुक्त

ई आर्थिक    मंगलबार, साउन ६ २०७७
8K
Shares
महालक्ष्मी विकास बैंकको कामु सीईओमा शर्मा नियुक्त

ई–आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सागर शर्मा नियुक्त भएका छन् । रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा बैंक सञ्चालक समितिको निर्णय अनुसार सोही बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत शर्मालाई नियुक्त गरेको हो । यसअघिका बैंकका सीईओ कृष्णराज लामिछानेले राजीनामा दिएपछि बैंकमा रिक्त रहेको सीईओ पदमा शर्मालाई ल्याइएको हो ।

शर्मा नियुक्त भएपछि बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय दरबारमार्गमा स्वागत कार्यव्रmम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा संस्थाका नियुक्त कायममुकायम प्रमुख कार्यकारी अधिकृत शर्माले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाएका छन् ।

त्यसैगरी उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आपूm साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह गरेका छन् । शर्माका कार्यकालमा बैंकले थप प्रगति गर्ने विश्वास बैंक सञ्चालक समितिले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij