२०८३ साउन ११ सोमबार

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त, २८ वर्षको अनुभव

ई आर्थिक    बुधबार, माघ २४ २०८०
10.8K
Shares
महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त, २८ वर्षको अनुभव

ई–आर्थिक, काठमाडौैं । महालक्ष्मी विकास बैंक लि.मा हाल रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा मिति २०८० माघ २३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकले दिपेश लम्साल ज्यूलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । बैंककोे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहनुभएको लम्साल ज्यू तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजिनामा पश्चात संचालक समितिको निर्णय बमोजिम निमित्त प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहनुभएको थियो ।

बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय, दरबारमार्गमा स्वागत कार्यव्रmम सम्पन्न गरिएको छ । उक्त कार्यव्रmममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालज्युले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाउनुभएको छ । साथै उँहाले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन समेत आग्रह गर्नुभएको छ ।

विगत १५ वर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ बर्षको बैकिङ्ग अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij