ई–आर्थिक, काठमाडौं । कोरोना भाइरस कोभिड–१९ का कारण ठूलो संख्यामा मृत्यु भइसकेको अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को ‘मुर्खपूर्ण निर्णय’ गरेका छन् ।
महामारीका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी र्याली सुरु गर्ने भएपछि उनले विश्वलाई नै आश्चार्यमा पारेका छन् । उनले कम्तिमा चार राज्यमा चुनावी र्याली गर्ने जानकारी दिएका छन् ।
ट्रम्पले ओकाहामा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलिनाबाट चुनावी र्याली सुरु गर्ने जानकारी दिए । ह्वाइट हाउसमा आयोजित पत्रकार गर्दै उनले सम्भवतः सबैभन्दा पहिले आगामी शुक्रबार ओकाहामाबाट र्याली सुरु हुने जानकारी दिए । कोरोना संक्रमण फैलिन नदिनका
लागि चुनाव र्यालीमा कस्तो प्रकारको सावधानी अपनाइन्छ भन्ने बारेमा भने केही खुलाएनन् ।
अमेरिकामा कोरोना संक्रमण सुरु भएपछि तीन महिना अगाडि चुनावी र्याली स्थगित गरिएको थियो ।
अमेरिकामा यसै वर्षको नोभेम्बर महिनामा राष्ट्रपति पदको चुनाव हुँदैछ । अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनमा ट्रम्पको प्रतिस्पर्धी जो बिडेन छन् ।
अमेरिका कोरोना भाइरस संक्रमणबाट विश्वकै सबैभन्दा बढी प्रभावित देश हो । कोरोना भाइरसबाट अमेरिकामा १ लाख १५ हजार १३० को मृत्यु भइसकेको छ भने २० लाख ६६ हजार ४०१ जना संक्रमित छन् । यस्तो अवस्थामा गरिने ¥यालीले कोरोनाको जोखिम अझै बढ्ने आशंका गरिएको छ ।