ई–आर्थिक, काठमाडौं । कोरोनाभाइरसको सङ्क्रमणका कारण विश्वभरि ज्यान गुमाउनेहरूको सङ्ख्या ३ लाख ३ हजार ४ सय ५ पुगेको छ । कोरोना भाइरस सम्बन्धि तथ्यांक दिइरहेको वर्ल्र्डोमिटरका अनुसार उक्त भाइरसबाट संक्रमितको संख्या ४५ लाख २६ हजार ८ सय ३० पुगेको छ ।
त्यस्तै उक्त सङ्क्रमणबाट निको हुनेहरूको सङ्ख्या १७ लाख ४ हजार २ सय ६८ पुगेको छ । पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा बढी मृत्यु र सङ्क्रमित हुने मुलुकमा अमेरिका भएको छ ।
अमेरिकामा १४ लाख ५७ हजार ५ सय ९३ पुगेको छ भने मृत्यु हुनेको संख्या ८६ हजार ९ सय १२ पुगेको छ । अमेरिकामा पनि सबैभन्दा बढी मृत्यु न्युयोर्क राज्यमा भएको छ जहाँ २७ हजार भन्दा बढीको मृत्यु भएको छ । उच्च सङ्क्रमणका हिसाबले यूके पनि निक्कै जोखिममा रहेको छ । त्यहाँ हालसम्म ३३,६९३ ले ज्यान गुमाइसकेका छन् ।
त्यसैगरी बढी मृत्यु हुनेमा क्रमशः फ्रान्स र स्पेन रहेको छ । फ्रान्समा मृत्यु हुनेको संख्या २७ हजार ४ सय २५ पुगेको छ भने त्यस्तै स्पेनमा २७ हजार ३ सय २१ जनाको मृत्यु भएको छ ।
रुसमा पनि सङ्क्रमितहरूको सङ्ख्या बढ्दो क्रममा छ ।
कोरोनाभाइरसका कारण अमेरिकाले ‘आधुनिक इतिहासमा सबैभन्दा कठिन जाडो याम’ भोग्नुपर्ने हुनसक्ने एक जना विशेषज्ञले कङ्ग्रेसमा बताएका छन् ।
अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्स् अन्तर्गतको एउटा उप–समितिमा बोल्दै डाक्टर रिक ब्राइटले प्रारम्भिक चरणमा सरकारको निष्क्रियताका कारण मानिसहरूको ज्यान गएको बताएका छन् ।