२०८३ साउन ९ शनिबार

कलेज अफ मेडिकल साईन्स भरतपुरद्वारा प्रहरीलाई कोरोना सुरक्षा सामाग्री प्रदान

ई आर्थिक    आइतबार, बैशाख २१ २०७७
5.3K
Shares
कलेज अफ मेडिकल साईन्स भरतपुरद्वारा प्रहरीलाई कोरोना सुरक्षा सामाग्री प्रदान

ई-आर्थिक, चितवन । कलेज अफ मेडिकल साइन्स भरतपुर (पुरानो मेडिकल कलेज)ले जिल्ला प्रहरी कार्यालयलाई कोरोना सुरक्षा सामाग्री प्रदान गरेको छ ।

मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डाक्टर शुभप्रभात श्रेष्ठ र वरिष्ठ प्रबन्धक दुर्गा न्यौपानेले प्रहरी प्रमुख नान्तीराज गुरुङलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।

कोरोना भाइरसको जोखिममा सुरक्षाकर्मी पनि उत्तिकै जोखिममा रहेकाले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत सामाग्री प्रदान गरिएको वरिष्ठ प्रबन्धक न्यौपानेले बताए । उनका अनुसार प्रहरीलाई चार हजार चार सय थान ग्लोब्स, दुई सय थान सर्जिकल मास्क, प्रदान गरिएको हो ।

आगामी दिनमा पनि मेडिकल कलेजले आबश्यकता अनुसार स्वास्थ्य सामाग्री उपलब्ध गराइने उनले बताए । यस्तै महालक्ष्मी विकास बैंकले पनि ३० पिस सेनिटाइजर र ३सय थान कपडाको मास्क प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij