ई–आर्थिक, काठमाडौं । औद्योगिक प्रतिष्ठान शंकर ग्रुपका सञ्चालक तथा नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष समेत रहेका औद्योगिक घराना शंकर ग्रुपका सञ्चालकलाई सम्पत्ति शुद्धिकरण अन्तर्गत पनि अनुसन्धान हुने भएको छ ।
कालोबजारीसम्बन्धी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा हुने वित्तिकै उनलाई प्रहरीले पक्राउ गरेका छ । अग्रवाललाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
कालोबजारी अन्तर्गतको मुद्दामा उनले अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहाको प्रयास भएको थियो । तर उनी पुनः अर्को लफडामा फसेका छन् । उनलाई नियोजित रुपमा फसाउन खोजिरहेको एक उद्योगीले अनुमान लगाए । ‘यसअघि सम्पत्ति शुद्धिकरणले नदेखेको सरकारले अहिले कहाँबाट देख्यो ।’ ती उद्योगीले भने– ‘उनलाई फसाउने षड्यन्त्र भयो ।’
सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पुनः पक्राउ गरिएको महानगरिय प्रहरी परिसरले जानकारी दिएको छ । प्रहरीका अनुसार अब अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने भएको छ ।
ज्वरो नाप्ने थर्मल गन कालोबजारी आरोपमा गत उनलाई चैत २५ गते पक्राउ गरिएको थियो । त्यसमा परेका मुद्धामा जिल्ला अदालत काठमाडौंले बिहीबार २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनीलाई पुनः पक्राउ परेका हुन् ।
सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले उनलाई अनुसन्धानको लागि भन्दै ९० दिनसम्म थुन्न सक्ने विभाग स्रोतले जानकारी दिएको छ ।